आजबाट काठमाडौंको फोहर उठ्ने

आजबाट काठमाडौंको फोहर उठ्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाले एक हप्तादेखि नउठाएको फोहोर आजदेखि उठाउन सुरु गर्ने जनाएको छ ।  महानगरपालिकाले सूचना जारी गरेर आज बिहानैदेखि फोहोर संकलन सुरु गर्ने जानकारी दिएको हो । 

घरमा थुप्रिएको फोहोर पायक परेको ठाउँमा संकलन गरेर राख्न अनुरोध गरेको छ।

बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम चलेकाले एक साता फोहोर संकलन भएको थिएन। अहिले सडक निर्माणको काम सकिएकाले फोहोर उठाउन शुरु गरिएको महानगरले जनाएको छ।

एक सातासम्म फोहोर नउठ्दा सडकमै थुप्रिएको छ। कतिपय ठाउँमा हिडडुल गर्न पनि गाह्रो भएको छ।

Recent Comments

No comments to show.