नेपाल बैंक र एनसेलबीच सम्झौता, मोबाइल बैंकिङ एप प्रयोग गर्दा डाटा निःशुल्क

नेपाल बैंक र एनसेलबीच सम्झौता, मोबाइल बैंकिङ एप प्रयोग गर्दा डाटा निःशुल्क

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल बैंक लिमिटेड र एनसेल आजियटाबीच सम्झौता भएको छ । सम्झौतासँगै नेपाल बैंकका ग्राहकले नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा एनसेलले डाटा निःशुल्क उपलब्ध गराउने छ ।

मंगलबार आयोजित एक समारोहमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार नेपाल बैंकमा खाता भएका ग्राहकहलाई एनसेलको सिम प्रयोग गरि नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा डाटा निःशुल्क उपलब्ध हुनेछ ।

नेपाल बैंकले नेपाल टेलिकमको सिम प्रयोग गर्ने ग्राहकहरुलाई यस अघि नै यो सुबिधा प्रदान गरिसकेको छ । अबदेखि नेपाल टेलिकम र एनसेल दुबैको नेटवर्क मार्फत नेपाल बैंकका ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा कुनै डाटा शुल्क लाग्ने छैन ।

डिजिटल बैकिङलाई प्रबद्र्धन गरी ग्राहकहरुलाई नगदरहित कारोबारमा अभ्यस्त बनाउने उद्देश्यले यस्तो योजना ल्याएको बैंकले जनाएको छ ।

कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले एनसेलसँग सहकार्य गरी नेपाल बैंकका ग्राहकलाई यस बैंकको मोवाइल बैकिङ एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने व्यवस्था भएकोमा खुशि व्यक्त गरे ।

आगामी दिनहरुमा एनसेल एक्सीयाटासंगको सम्बन्ध थप मजबुत हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । त्यसैगरी एनसेल एक्सीयाटाका प्रबन्धक निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत एण्डि चोङले नेपालको पहिलो बैंकसंग व्यवसायीक साझेदारी गर्न पाउदा आफू निकै खुसी लागेको बताए ।

नेपालभर २१९ शाखाहरु, १८३ एटिएम साथै ४७ एक्सटेन्सन काउन्टर मार्फत करिब २२ लाखग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हालग्राहक सेवामाव्यापक सुधार गरि आधुनिक बैंकिङ्गप्रविधिमार्फत बैकिङ्ग सेवा सुविधाप्रदानगर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ ।

बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामामुख्य जोड दिई युवाजनशक्तिमार्फत नेपालअधिराज्यभर बैंकिङ्ग सेवाप्रदान गरिरहेको छ ।

Recent Comments

No comments to show.