जनार्दन शर्मा छानविन प्रकरण : समितिले बुधबार प्रतिवेदन तयार गर्ने

जनार्दन शर्मा छानविन प्रकरण : समितिले बुधबार प्रतिवेदन तयार गर्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय छानबिन समितिले बुधबार(आज) प्रतिवेदन तयार गर्ने भएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समितिको दोश्रो बैठकमा नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाका विज्ञहरू समेत बोलाएर सिसिटिभी फुजेटका बारेमा जानकारी लिएपछि बुधबार प्रतिवेदन लेख्ने तयारी गरेको हो । 

सिसिटिभि फुटेजका बिषयमा विज्ञहरुसंग जानकारी लिएको र सवै बिषय प्रतिवेदनमा नै उल्लेख गर्ने समिति सचिव सुरेन्द्र अर्यालले बताएका हुन् । 

बुधबार बस्ने बैठकमा यस बिषयमा पुन छलफल हुने र साथसाथै प्रतिवेदनमा पनि लेखिने उनले जानकारी दिए । उनले अव समितिको म्याद थप गर्न पहल नगरिने समेत स्पष्ट पारे । 

सुरुमा १० दिनको समय पाएको समितिलाई छानविनको समय अभाव भएको भन्दै ७ दिन म्याद थप गरिएको थियो । बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेको थियो ।

Recent Comments

No comments to show.