फोटोन मोटरले इलेक्ट्रिक कार्गो र स्कुल भ्यान भित्र्याउने

फोटोन मोटरले इलेक्ट्रिक कार्गो र स्कुल भ्यान भित्र्याउने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काडमाडौं । नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एम.ए.डब्लु वृद्धी कमर्सियल भेहिकल प्रा.लि.ले नेपालमा इलेक्ट्रिक कार्गो र स्कुल भ्यान भित्र्याउने भएको छ । 

नेपाली बजारमा छिट्टै कार्गो र यात्रुका लागि ई.भी, कार्गो र स्कूल भ्यान छिट्टै ल्याउने योजना भएको कम्पनीले जनाएको हो । 

एमएडब्लु वृद्धीको विचारमा हालैको बजार तथ्याङ्कले पनि उपभोक्ताहरूले बिस्तारै विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिइरहेका छन् किनभने तिनीहरू वातावरण र जनस्वास्थ्य दुवैका लागि फाइदाजनक छन् भनी देखाउने कम्पनीको भनाइ छ । 

अन्तर्राष्ट्रिय अध्ययनहरूले देखाएको छ कि जब बिजुली आपूर्ति भरपर्दो हुन्छ, विद्युतीय सवारी चलाउनको लागत डिजेल गाडीको भन्दा कम हुन्छ। लिथियमबाट चल्ने विद्युतीय सवारीसाधन उत्पादनमा चीनबाट आयात गर्नुको कारण अन्य देशभन्दा निकै अगाडि छ । 

 साथै, नेपालमा इन्धनको मूल्यमा भएको बृद्धिको वर्तमान अवस्थामा रहेको अवस्थामा फोटनलाई नेपालभर कार्गो र यात्रुवाहक ईभी भ्यानका सम्भावित वितरकका रूपमा लिनु उपभोक्ताका लागि मूल्यवान हुने कम्पनीले जनाएको छ ।

Recent Comments

No comments to show.