डिशहोमले संचालनमा ल्यायो आइपी टीभी सेवा

डिशहोमले संचालनमा ल्यायो आइपी टीभी सेवा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काडमाडौं । डिश मिडिया नेटवर्कले आइपी टीभी सञ्चालनमा ल्याएको छ । प्रविधिमा आएको परिवर्तन र ग्राहकको चाहनालाई मध्येनजर गर्दै आइपी टीभी सेवा संचालनमा ल्याएको हो ।

डिशहोम आइपी टीभीको नाममा यो सेवाको सुरुआत भएको कम्पनीले जानकारी दिएको हो । उक्त टीभी सेवा अन्य सेवा प्रदायककोभन्दा गुणस्तरीय र उत्कृष्ट हुनेमा ग्राहकलाई कम्पनीले विश्वस्त पारेको छ ।

आइपी टीभीमा २०० भन्दा बढी टीभी च्यानलहरू, भिडियो, क्याच-अफ टिभी, युटुब, टिकटक, लगायत अन्य विभिन्न एप तथा फिचर्सहरू उपलब्ध रहेको कम्पनीले जनाकारी दिएको छ ।

डिश मिडिया नेटवर्कले विगत १२ वर्षदेखि डिटीएच सेवा दिँदै आएको छ ।

Recent Comments

No comments to show.