काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले आर्थिक एवं वित्तीय स्थिरता कायम गर्दै खस्किदो अर्थतन्त्रलाई लयमा फर्काउने खालको मौद्रिक नीति आएको जनाएको छ।परिसंघले मंगलबार विज्ञप्ति जारी गर्दै मौद्रिक नीतिमाथि आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो बताएको हो ।
उत्पादन र उत्पादकत्व अभिवृद्धिमा विशेष जोड दिँदै आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने लक्ष्यका साथ जारी भएको मौद्रिक नीति समग्रतामा सकारात्मक रहेको परिसंघको ठहर छ।
यद्यपि, वर्तमान अर्थव्यवस्थाको सुधारका लागि कसिलो बनाइएको मौद्रिक नीतिले लिएका लक्ष्यहरुको प्राप्ति र अवलम्बन गरेका कतिपय व्यवस्थाहरुको कार्यान्वयन भने चुनौतिपूर्ण हुने सीबीफिनले बताएको छ ।
देशको वर्तमान असहज आर्थिक अवस्थालाई सहज, स्थायी र गतिशील बनाइराख्नका लागि मौद्रिक नीतिले अवलम्बन गर्ने मौद्रिक उपकरणहरुका विषयमा आमरुपमा निकै चासो, अपेक्षा र उत्सुकतासाथ हेरिएको सन्दर्भमा जारी भएको मौद्रिक नीतिमा सीबीफिनले पेश गरेका धेरै महत्वपूर्ण विषयहरु सम्बोधन भएकोेमा नेपाल राष्ट्र बैंकप्रति आभार व्यक्त गरेको छ ।
सीबीफिनले बैंक तथा वित्तीय क्षेत्रबाट प्रवाह हुने कर्जाको वर्गिकरण गरी उत्पादनशील क्षेत्र र व्यापारमा फरक ब्याजदर, उत्पादनमूलक क्षेत्रको विकास एवं कर्जालाई उत्पादनशील क्षेत्रमा प्रवाह गराइने, निर्यात प्रवद्र्धनमा विशेष प्राथमिकता दिइने, विप्रेषणलाई औपचारिक माध्यमबाट स्वदेश भित्राएको प्रमाणका आधारमा विभिन्न सेवा तथा सुविधा छुट हुनने, विदेशी लगानी आप्रवाहलाई थप स्वचालित गर्न नियमावली आवश्यक संशोधन गर्ने, विदेश जाने नेपालीले विदेशी मुद्रा साट्न बैंक खाता अनिवार्य गरिने जस्ता व्यवस्थाहरु मिलाउन सुझाव दिएको थियो ।
प्रतिक्रिया