काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका ६ गुर्जेभञ्ज्याङमा आज बिहान पहिरो खसेको छ ।
बिहान सवा ३ बजे खसेको पहिरोका कारण टोखा–छहरे सडकखण्ड अवरुद्ध भएको छ ।
सडक अवरुद्ध हुँदा काठमाडौँ–नुवाकोट जाने आउने सवारी साधन प्रभावित भएका छन् । अवरुद्ध सडकखण्ड खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया