निफ्राले सार्वजनिक गर्यो वित्तिय विवरण, खुद नाफामा २२ प्रतिशतले वृद्धि, इपीएस कति ?

निफ्राले सार्वजनिक गर्यो वित्तिय विवरण, खुद नाफामा २२ प्रतिशतले वृद्धि, इपीएस कति ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) गत आर्थिक वर्ष २०७८/७९ को अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्ले वर्षको सोही अवधिको तुलनामा खुद नाफा २२.५३ प्रतिशतले बढेको छ ।

बैंकले गत वर्षको असार मसान्तसम्म १ अर्ब २ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ करोड बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी, संचालन आम्दानी, फि तथा कमिशन आम्दानी बढेसँगै बैंकको नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४१.२० प्रतिशत बढेर १ अर्ब ८८ करोड र सञ्चालन मुनाफा २३.२४ प्रतिशत बढेर १ अर्ब ४६ करोड पुगेको छ ।

२१ अर्ब ६० रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ७४ करोड रुपैयाँ सञ्चित छ। बैंकको वितरणयोग्य मुनाफा ८० करोड ८४ लाख रुपैयाँ रहेको छ ।

असार मसान्तसम्म बैंकले २ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ५३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

खुद नाफ बढेसंँगै बैंकको प्रतिसेयर आम्दानी ५६ पैसा बढेर ४.७५ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १०८.४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५०.५२ गुणा, खराब कर्जा शून्य प्रतिशत छ ।

Recent Comments

No comments to show.