बैंकहरुले साउन २१ गतेभित्र वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने

बैंकहरुले साउन २१ गतेभित्र वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले चौथो त्रैमासको वित्तीय विवरण साउन २१ गते भित्र सार्वजनिक गर्नु पर्ने भएको छ । 

नेपाल राष्ट्र बैंक अन्तरगत नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले आज निर्देशन जारी गर्दै वित्तीय विवरण सार्वजनिक गर्नु पर्ने समय एक साता घटाएको उल्लेख गरेका हुन् ।

 यसअघि पहिलो, दोस्रो तथा तेस्रो त्रैमासको वित्तीय विवरण महिना व्यतित भएको ७ दिन भित्र र चौथो त्रैमासको वित्तीय विवरण साउन मसान्त भित्र सार्वजनिक गर्नु पर्ने प्रावधान थियो । 

राष्ट्र बैंकबाट क, ख र ग वर्गका इजाजत प्राप्त संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ मा संसोधन गर्दै आज नयाँ निर्देशन जारी गरेको हो ।  

Recent Comments

No comments to show.