पशुपति क्षेत्र विकास कोषको गुरुयोजना तयार, पर्यटनमन्त्रीलाई मस्यौदा हस्तान्तरण

पशुपति क्षेत्र विकास कोषको गुरुयोजना तयार, पर्यटनमन्त्रीलाई मस्यौदा हस्तान्तरण

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको गुरुयोजना तयार भएको छ । कोष सञ्चालक परिषद्ले बनाएको गुरुयोजनालाई स्थानीयवासी एवं सरोकारवाला निकायसँग छलफल गरी अन्तिम रुप दिन २०७७ कात्तिक २० गते संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गठन गरेको प्राविधिक समितिले नयाँ स्वरुपमा गुरुयोजना तयार गरी संस्कृतिमन्त्री जीवनराम श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।

मन्त्री श्रेष्ठले गुरुयोजनाबाट पशुपति क्षेत्रको संस्कृति र सम्पदाको संरक्षण हुनुका साथै अन्तर्राष्ट्रिय धार्मिक तथा आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास हुने विश्वास व्यक्त गरेका छन् । पशुपतिनाथ मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वलाई कायम राख्नु पर्नेमा मन्त्री श्रेष्ठले जोड दिएका छन् । सो अवसरमा पशुपतिको गुरुयोजना तयार गर्न गठित प्राविधिक समितिका सदस्यहरुलाई उनले धन्यवाद ज्ञापन गरे । 

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा।चन्द्रमणि अधिकारीको संयोजकत्वमा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, वास्तुकलाविद् प्रा।सुदर्शन राज तिवारी, संरचनाविद् प्रा।प्रेमनाथ मास्के, इकोमस नेपालका अध्यक्ष काइवाइजे, संरक्षणविद् भीम नेपाल, स्थानीय वासिन्दा आशाराम संगत रहेको गुरुयोजनाको तयारीमा प्राविधिक समिति गठन गरिएको थियो । गुरुयोजनामा १५ वर्षको समय सीमा रहेको छ भने कार्यान्वयनका चार चरण तोकिएको छ ।

पाशुपतक्षेत्रलाई विश्वकै सनातन तीर्थस्थल, हिन्दु तीर्थयात्रीको विशिष्ट गन्तव्य, पुण्यभूमि र साधना भूमिका रूपमा विकास गर्ने लक्ष्य गुरुयोजनाले राखेको छ । आठ वटा परिच्छेदमा रहेको गुरुयोजनामा पशुपति क्षेत्रको संरक्षण तथा व्यवस्थापनको वर्तमान अवस्था र चुनौती, गुरुयोजनाको सोंच, लक्ष्य, उद्देश्य र रणनीति तथा पशुपतिक्षेत्रको क्षेत्रगत विभाजन, प्रस्तावित कार्यक्रम, आर्थिक स्रोतसाधन तथा गुरुयोजना कार्यन्वयनको अनुगमन तथा मूल्यांकन समावेश गरिएको छ । 

धर्मको रक्षा, सम्पदाको संरक्षण गरेर पाशुपत क्षेत्रलाई अन्तर्राष्ट्रिय तीर्थस्थलको रूपमा विकास गर्ने गुरुयोजनाको मुख्य लक्ष्य रहेको छ । गुरुयोजना पूर्वाधार निर्माणमा नभइ संरक्षणमा आधारित रहेको संयोजक अधिकारीले बताए । पशुपति क्षेत्रको विशिष्टता र संवेदनशीलतालाई ध्यान दिएर यस क्षेत्रको संरक्षण गर्ने उद्देश्यले गुरुयोजना तयार पारिएको उनको भनाई छ ।

गुरुयोजनामा सम्पदा संरक्षणका लागि कार्यविधि, सम्पदा स्थल तथा भूतत्वको संरक्षण, सांस्कृतिक कला वस्तुको संरक्षणका साथै अमूर्त सम्पदालाई जोगाउन कार्यविधि बनाइएको छ । पशुपतिक्षेत्र विकास कोषले प्रस्ताव गरेको गुरुयोजनामा स्थानीयवासीलगायत सरोकार भएका निकायको सुझाव लिई अन्तिम रूप दिइएको अधिकारीले बताए । समितिले पशुपतिक्षेत्रको पुरातात्विक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक पक्षको मनन गरी सरोकार निकाय र स्थानीयवासीसँग छलफल गरेको थियो भने सरोकारवालाको सुझाव लिएर मस्यौदालाई अन्तिम रुप दिइएको हो ।

Recent Comments

No comments to show.