एसईई नतिजा साउन दोस्रो साता आउने

एसईई नतिजा साउन दोस्रो साता आउने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आगामी साता आउने भएको छ । यसअघि असार अन्तिम साता वा साउन पहिलो साता आइसक्ने गरेकोमा यो वर्ष साउनको दोस्रो सातामा मात्रै एसइईको नतिजा आउने भएको हो । 

राष्ट्रिय परीक्षा बोर्डले सुरुमा असार मसान्तभित्र नतिजा प्रकाशन गर्ने बताउँदै आएको थियो । पुनः साउनको पहिलो साता नतिजा आउने बताएको बोर्डले पुनः साउनको दोस्रो साता आउने बताएको छ । 

बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले कुनै गल्ती नदोहोरियोस् भनेर नतिजा प्रकाशनको तयारी गरिरहेको र साउन दोस्रो सातामा मात्रैनतिजा प्रकाशित गर्ने बताए । 

यस वर्षको एसइईमा करिब ५ लाख विद्यार्थी सहभागी भएका छन् । एसइई गत वैशाख ९ गतेदेखि सञ्चालन भएको थियो ।

Recent Comments

No comments to show.