फोहोर वर्गीकरण गर्न चन्द्रागिरि नगरपालिकाको आग्रह

फोहोर वर्गीकरण गर्न चन्द्रागिरि नगरपालिकाको आग्रह

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले पनि फोहोर वर्गीकरण गर्न नगरवासीलाई आग्रह गरेको छ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीको संयोजकत्वमा बसेको नगर कार्यपालिकाको बैठकले शून्य फोहोर अवधारणा साकार पार्न फोहोर वर्गीकरणलाई प्राथमिकता दिन आग्रह गरेको हो।

बैठकले कालो झोलामा कुहिने फोहोर, रातो झोलामा सिसा र सिसाजन्य फोहोर, हरियो झोलामा प्लाष्टिकजन्य फोहोर, सेतो झोलामा कागजजन्य फोहोर, नीलो झोलामा फलाम र कवाडीजन्य फोहोर तथा पहेँलो झोलामा स्यानिटरी प्याड र डाइपरजन्य फोहोर वर्गीकरण गर्ने निर्णय गरेको छ। यो निर्णय साउन ४ गतेदेखि नै लागू हुने नगरप्रमुख गिरिले बताए।

चन्द्रागिरिले शून्य फोहोर अभियानअन्तर्गत उल्लिखित झोलाहरु वडा कार्यालय तथा टोल सुधार समितिमार्फत निःशुल्क वितरण गर्ने भएको छ। नगरपालिकाले फोहोरको रकम तोकिएको समयमा बुझाउनसमेत आम नगरवासीलाई आग्रह गरेको छ।

Recent Comments

No comments to show.