शेयरधितो कर्जामा थप कडाइको संकेत, झिनो अंकले नेप्से बढ्दा कारोबार रकम घट्यो

शेयरधितो कर्जामा थप कडाइको संकेत, झिनो अंकले नेप्से बढ्दा कारोबार रकम घट्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । साताको कारोबारको पहिलो दिन शेयर बजार झिनो अंकले बढेको छ ।

कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक (नेप्से) १.९३ अंकले घटेर २०११.३९ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २३१ कम्पनीको १ अर्ब २३ करोड २४ लाख ८८ हजार ८२ रुपैयाँ बराबरको ३० लाख ४५ हजार ८८९ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबार रकममा गिरावट आएको छ । शुक्रवार दुईघण्टाको कारोबारमा १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८३२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ५ उपसमूहको परिसूचकमा हरियाली छाएको छ भने ८ वटाको घटेको छ । लगानी समूहको परिसूचक सबैभन्दा धेरै ०.९१ प्रतिशतले बढेको छ भने होटल समूह सबैभन्दा धेरै १.२० प्रतिशतले घटेको छ ।

झिनो अंकले बढेको बजारमा आज राधी जलविद्युत् कम्पनीका शेयरधनीले सबैभन्दा धेरै ५.४८ प्रतिशत कमाएका छन् ।

त्यसैगरी, प्रभु बैंक ४.७३, नयाँ सारथी लघुवित्त ४.७३, कुमारी बैंक ४.१९, जनउत्थान लघुवित्त ३.९४, ग्रीन लाइफ हाइड्रोपावर ३.६०, सिभिल लघुवित्त, इमर्जिङ नेपाल, विजय लघुवित्त र डिप्रोक्स लघुवित्तको शेयर मूल्य ३ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार प्रभु सेलेक्ट फण्ड संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ ।

आज अपर तामाकोशीकोे सर्वाधिक कारोबार भएको छ । यसको ६ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

त्यस्तै, हिमालयन डिस्ट्रीलरी पौने ५ करोड र अरुण काबेली साढे ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

मौद्रिक नीतिमार्फत शेयरधितो कर्जामा थप कडाई गर्ने निष्कर्षमा नेपाल राष्ट्र बैंक पुगेको संकेत देखिएको छ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा छ।

त्यसका लागि उसले विभिन्न सरोकार भएका निकाय, व्यक्ति, संस्था वा समूहसँग निरन्तर संवादमा छ।

लामो समयदेखि तरलता अभाव, अर्थतन्त्रको बाह्य क्षेत्रमा दबाब लगायतका विषयमा बजारमा विभिन्न हल्ला र बहस चलेकाले पनि लगानीकर्ताको मनोबल कमजोर भएको अनुमान गरिएको छ ।

कतिपयले हाम्रो अर्थतन्त्रलाई श्रीलंकको अवस्थासँग तुलना गरेर बजारमा विभिन्न नकारात्मक हल्ला फैलाएकाले पनि आम लगानीकर्ता त्रसित भएका हुन् ।

Recent Comments

No comments to show.