काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले साउन ९ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो।
निष्काशन हुने कुल सेयरमध्ये २३ हजार ५२१ कित्ता कर्मचारीहरुका लागि र ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकी १० लाख ९३ हजार ७४८ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन्।
कति दिने आवेदन ?
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कहिलेसम्म दिने आवेदन ?
लगानीकर्ताले कम्पनीको आइपीओमा १२ गतेसम्म आवेदन दिन पाउनेछन् । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा साउन २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कहाँबाट दिने आवेदन ?
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन्। साथै, मेरो सेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ।
को हो बिक्री प्रबन्धक ?
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।
रेटिङ कति ?
कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल बी प्लस (आईएस) रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।
प्रतिक्रिया