आयातमा लगाइएको प्रतिबन्ध बैशाख १३ देखि भदौ १४ सम्म लम्बियो(सूचना सहित)

आयातमा लगाइएको प्रतिबन्ध बैशाख १३ देखि भदौ १४ सम्म लम्बियो(सूचना सहित)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले बैशाख १३ गतेदेखि लगाएको आयातको प्रतिबन्धलाई  भदौं १४ गतेसम्म पुर्‍याउने निर्णय गरेको छ।

सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा शनिबार मध्यरातमा राजपत्रमा एक सूचना प्रकाशित गर्दै आगामी भदौ १४ गतेसम्मको लागि प्रतिबन्ध लम्ब्याएको हो । यसअघि बैशाख १४ गते लगाएको आयात प्रतिबन्ध अब भदौ १४ सम्म कायम रहने छ।

सरकारले यसअघि २५० सीसीसम्मका मोटरसाइकल आयात गर्न दिइएको भएपनि यसपटक १५० सीसी माथिका सबै मोटरसाइकल तथा स्कुटर आयातमा प्रतिबन्ध लगाइएको हो ।

सरकारले पेट्रोलियम पदार्थबाट चल्ने जीप, कार, भ्यानमा लगाएको प्रतिबन्धलाई पनि निरन्तरता दिएको छ ।

गाडीको साथै सबै किसिमका कुकुरे, कुर्मुरे जस्ता खाध्य बस्तु, ३२ इन्च माथिका टेलिभिजन, चुरोट तथा सूर्तिजन्य उत्पादन, सबै किसिमका तयारी मदिरा, हिरा, ३०० डलर माथिका मोवाइल फोन, तास र सबै प्रकारका खेलौना आयातमा प्रतिबन्ध लगाएको हो ।

यस्तो छ सूचना



Recent Comments

No comments to show.