काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रविणरमण पराजुली नियुक्त भएका छन् । उक्त कम्पनीको वरिष्ठ डीसीईओ रहेका पराजुलीलाई सीईओ नियुक्त गर्ने निर्णय कम्पनीको सञ्चालक समितिले गरेको हो ।
उनलाई सीईओ नियुक्त गर्ने निर्णय स्वीकृतिका लागि बीमा समितिमा पठाइएको छ । पराजुलीलाई चार बर्षका लागि नियुक्त गरिएको हो । यसअघि उनी रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको सीईओ थिए ।
नेपाल लाइफ नेपालको सबैभन्दा ठूलो बीमा कम्पनी हो ।
प्रतिक्रिया