काठमाडौं । सरकारले आगामी साउन महिनाभित्र सिंहदरबारमा ग्यास सिलिण्डर हटाउन सबै मन्त्रालयलाई पत्राचार गरेको छ ।
सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा घोषण गरेको‘एलपी ग्यास छोडौं, बिजुली जोडौं’ अभियानलाई कार्यान्वयन गर्न सबै मन्त्रालयलाई पत्राचार गरेको हो ।
बजेटमा आगामी तीन महिनाभित्र महानगर र उपमहानगरबाट पनि ग्यास सिलिण्डर विस्थापित गर्ने र यसलाई राष्ट्रव्यापी अभियानका रुपमा लैजाने घोषणा गरेको थियो ।
त्यसै अनुरुप उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिंहदरबारभित्रका सबै मन्त्रालय तथा निकायलाई पत्राचार गर्दै आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको बुँदा नं. २५३ को प्रभावकारी कार्यान्वयन गर्न गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया