काठमाडौं । रसुवागढी नाका दुईतर्फी रूपमा सञ्चालन गर्न चीन सरकार सहमत भएको छ ।
नेपाल र चीनका अधिकारीहरूबीच बिहीवार भएको भर्चुअल छलफलमा कोभिड प्रोटोकलसहित नाका खुलाउने सहमति जुटेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कोभिड–१९ को कारण सुरुवाती दिनबाटै यो नाका कहिले बन्द त कहिले एकतर्फी रुपमा चल्दै आएको छ । रसुवागढी–केरुङनाकामा दुईतर्फी व्यापार सञ्चालन गर्न अब भने दुबै देश सहमत भएका छन् । यो नाकामा चीनले एकतर्फी नेपालमा सीमित मात्रामा सामान पठाइरहेको छ ।
नेपालबाट सामान जाँदैन । यसले नेपालको निर्यात व्यापार चीनतर्फ शून्य छ । बिहीबार सम्पन्न सीमासम्बन्धी परामर्श बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका उत्तर पूर्वी एसिया महाशाखाका प्रमुख लोकबहादुर थापा र चिनियाँ टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयको सीमा तथा समुन्द्र सम्बन्धित मामिला विभाग महानिर्देशक होङ लियाङले गरेका थिए । यस्तै, दुवै पक्षले हुम्लाको हिल्सा–पुराङ सीमा बन्दरगाह खोल्ने निर्णय पनि भएको छ ।
प्रतिक्रिया