काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले प्रहरीलाई कुनै पनि हालतमा हतियार नकिन्ने बताएका छन् ।
बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले आर्थिक समस्या भएका बेला सरकारले करोडौंका हतियार किन्न लागेको भन्दै प्रश्न उठाएका थिए ।
गोपालमान श्रेष्ठ र अर्जुनरसिंह कसीलगायतले उठाएको प्रश्नको तत्काल जवाफ दिँदै देउवाले हतियार किन्ने योजना नरहेको स्पष्ट पारे ।
सरकारले नेपाल प्रहरीका लागि हतियार किन्न लागेको भन्दै केही दिनअघि संसद्मा प्रतिपक्षी एमालेका सांसदले चर्को विरोध गरेका थिए।
प्रतिक्रिया