गभर्नर राजिनामाको हल्लाले सेयर बजारमा चमक,नेप्से परिसूचक २००० मा उक्लियो

गभर्नर राजिनामाको हल्लाले सेयर बजारमा चमक,नेप्से परिसूचक २००० मा उक्लियो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  शेयर बजार दोहोरो अंकले बढेको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको शेयर बजार मापक सूचक (नेप्से) १४.७१ अंकले बढेर २००१.५३ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २२० कम्पनीको २ अर्ब ४१ करोड १८ लाख ३४ हजार ५९९ रुपैयाँ बराबरको ६२ लाख १० हजार ९०८ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ ।

बुधवार २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबारमा आएका १३ उपसमूहहरू हरियो भएको छ ।

हाइड्रोपावर समूह सबैभन्दा धेरै २.४० प्रतिशतले बढेको छ । त्यस्तै, फाइनान्स र माइक्रोफाइनान्स समूहको परिसूचक पनि १ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज एनआइबीएल प्रगती फण्डको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

यसैगरी, प्रभु सेलेक्ट फण्ड ७.९७, अपर तामाकोशी ७.१४, नबिल ब्यालेन्स (फण्ड–२) ६.९०, रिभर फल्स ६.३९, बोटलर्स नेपाल ६.१२, गणपति लघुवित्त, स्वाबलम्बन लघुवित्त, मैलुङखोला जलविद्युत् र निर्धन उत्थान लघुवित्तका शेयर धनीले ५ प्रतिशतभन्दा धेरै कमाएका छन् ।

आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ३० करोड रुपैयाँ बढीकोे शेयर किनबेच भएको छ । त्यस्तै, अपर तामाकोशी १४ करोड र एशियन लाइफ झन्डै साढे ८ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

नेप्सेका अनुसार आज प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा उच्च गिरावट भएको छ ।

यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो ।

असार मसान्तमा बैंकबाट ऋण लिएर सेयर बजारमा लगानी गरेका लगानीकर्ताले कर्जा तथा ब्याज भुक्तानी गर्नुपर्ने हुन्छ। जसको प्रत्यक्ष प्रभाव केही दिनदेखि शेयर बजारमा देखिन थालेको जानकारहरु बताउँछन्।

बैंक कर्जाको सावाँ ब्याज भुक्तानी गर्नुपर्ने दबाबको अवस्थामा सामान्यतया शेयर बजारमा बिक्री चाप बढ्ने हुँदा बजार घट्ने सम्भावना रहन्छ।

त्यस्तै, गभर्नरकाे राजिनामाकाे कुरा चल्दा बजार बढेकाे केही लगानीकर्ताकाे अनुमान छ । नेकपा एमालेको अन्तर पार्टी निर्देशन (अपानी) मा अर्थ विभागमा एम अधिकारी, खोटाङ पनि समावेश रहेकाे र एम अधिकारी भन्नाले गभर्नर महाप्रसाद अधिकारी नै रहेकाे बुझिएपछि उनकाे बर्खास्तीकाे चाैतर्फी माग गरिएकाे छ । तर यता एमालेले भने एम अधिकारी गभर्नर होइनन् भन्दै स्पष्टिकरण दिएकाे छ ।

Recent Comments

No comments to show.