गभर्नर विवादमा तानिँदा सेयर बजारमा देखियो उछाल

गभर्नर विवादमा तानिँदा सेयर बजारमा देखियो उछाल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शेयर बजारमा उछाल आएको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको शेयर बजार मापक सूचक (नेप्से) ५९.५४अंकले बढेर १९८६.८२ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२५ कम्पनीको २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँ बराबरको ५७ लाख ८७ हजार १२६ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ ।

मंगलवार १ अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७७ रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबारमा आएका १३ उपसमूहहरू हरियो भएको छ ।

फाइनान्स समूह सबैभन्दा धेरै ६.९८ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक समूहको परिसूचक पनि ६ प्रतिशतभन्दा धेरैले बढेको छ।

उच्च अंकले बढेको बजारमा आज ४ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

रिलायन्स फाइनान्स र नेपाल फाइनान्सको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने सीईडीबी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, सिटिजन्स म्युचुअल फण्ड २, नबिल ब्यालेन्स फण्ड २, कुमारी इक्वीटी फण्ड, ग्रीन डेभलपमेन्ट बैंक, माउन्टेन हाइड्रो, ग्रीन लाइफ हाइड्रोपावर र लक्ष्मी लघुवित्तका शेयरधनीले ९ प्रतिशतभन्दा धेरै कमाएका छन् ।

त्यस्तै, गुडविल फाइनान्स, समृद्धि फाइनान्स, नारायणी विकास बैंक, हिमालयन पावर, सिभिल बैंक लगायत १ दर्जन कम्पनीको शेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ९ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, एनआइसी एशिया बैंक ८ करोड र नेपाल बैंक साढे ७ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विवादमा तानिएका छन्। बुधबारको संसद बैठकमा गभर्नर अधिकारीमाथि प्रश्न उठेको छ।

प्रतिनिधिसभाको बैठकमा गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग भएको हो।

एमालेको पछिल्लो अन्तरपार्टी निर्देशनमा एम अधिकारी (खोटाङ) लाई उक्त विभागको सदस्य राखिएको उल्लेख छ। जसमा छानबिन हुनुपर्ने माग भइरहेको छ।

Recent Comments

No comments to show.