काठमाडौँ । वाणिज्य बैंकहरुमा अघिल्लो साता कूल निक्षेप ६२ अर्बले बढ्दा कर्जा लगानी १० अर्बले घटेको छ ।
नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार असार २४ गतेसम्म कूल निक्षेप बढेर ४४ खर्ब ९४ अर्ब पुगेको छ । असार १७ गतेसम्म भने कूल निक्षेप ४४ खर्ब ३२ अर्ब पुगेको थियो ।
जेठ मसान्तसम्म भने कूल निक्षेप ४४ खर्ब थियो । यसरी हेर्दा असार महिना लागेपछिको २४ दिनमा कूल निक्षेप ९४ अर्बले बढेको छ । बैशाख मसान्तसम्म उक्त निक्षेप ४३ खर्ब ७० अर्ब थियो ।
यसैगरी असार २४ गतेसम्म कूल कर्जा लगानी घटेर ४१ खर्ब ७४ अर्बमा झरेको छ ।
असार १७ गतेसम्म कूल कर्जा लगानी घटेर ४१ खर्ब ८४ अर्ब थियो ।
जेठ मसान्तसम्म भने कर्जा लगानी ४१ खर्ब ९३ अर्ब थियो । यसरी हेर्दा असार महिना लागे पछिको २४ दिनमा कूल कर्जा लगानी १९ अर्बले घटेको छ । बैशाख मसान्तसम्म उक्त कर्जा लगानी ४१ खर्ब ९१ अर्ब थियो ।
प्रतिक्रिया