रेमिट्यान्स ३.८ प्रतिशतले बढ्यो, ११ महिनामा नौ खर्ब चार अर्ब भित्रियो

रेमिट्यान्स ३.८ प्रतिशतले बढ्यो, ११ महिनामा नौ खर्ब चार अर्ब भित्रियो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । चालु आर्थिक वर्ष २०७८/७९ मा ९ खर्ब ४ अर्ब १९ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । 

नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको ११ महिनाको तथ्याङ्कमा आधारित देशको बर्तमान आर्थिक र वित्तीय अवस्था सम्बन्धी रिपोर्टमा समीक्षा अवधिमा रेमिट्यान्स ३.८ प्रतिशतले वृद्धि भएको उल्लेख छ ।  

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले वृद्धि भई ७ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३,१३,३६७ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८ प्रतिशतले घटेको थियो । 

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २०८.३ प्रतिशतले वृद्धि भई २,५९,०९१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५२.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ३.६ प्रतिशतले वृद्धि भई रु.१००६ अर्ब ७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ११.५ प्रतिशतले बढेको थियो ।

Recent Comments

No comments to show.