अठार नम्वर बस्ती जोगाउन निमार्ण थालिएको जैविक तटबन्धको अनुगमन

अठार नम्वर बस्ती जोगाउन निमार्ण थालिएको जैविक तटबन्धको अनुगमन

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोधारा । अठार नम्वर पिल्लर बस्ती जोगाउन संचालनमा रहेको जैबिक तटबन्ध निमार्ण कार्यको स्थलगत अनुगमन गरिएको छ् ।

डिसीए नेपालको आर्थिक सहयोग र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजना अन्तर्गत जगबुडा नदीमा संचालनमा रहेको जैविक तटबन्ध निमार्ण कार्यको आज राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कञ्चनपुरका कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले स्थलगत अनुगमन गरेका छन् ।

निर्देशक जैरुले स्थानियबासी र उपभोक्ता समितिका पदाधिकारी संग भेट गरि कामको प्रगती र अवस्थामा जानकारी लिएका थिए । केही दिन अघि मात्रै जगबुडा नदीमा पानीको बहाव तिब्र भए संग रोकिएको जैबिक तटबन्धको निमार्ण कार्य पुन : सुरु भएको हो ।

दोधारा चाँदनी नगरपालिकाको दक्षिण–पश्चिम तर्फ भएर बग्ने जगबुडा नदीले तटिय क्षेत्रका बस्तीमा धनजनको क्षति गर्नुका साथै खेती योग्य जमिन कटान गर्दै आएको कारण जग्गा र बस्ती जोगाउन दोधारा चाँदनी नगरपालिका कार्यालय संग सहकार्य गरि जैबिक तटबन्धको निमार्ण कार्य सुरु गरिएको राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले बताएका छन् ।

नदीको बहाव बढ्न सक्ने अवस्था रहेको हुदा तटबन्धको निमार्ण कार्य यथासिघ्र सक्ने तयारी रहेको बताईएको छ् । नदी कटानी बस्ती जोगाउन निमार्ण हुदै गरेको जैबिक तटबन्ध निमार्ण संग स्थानियहरु खुशी छाएको छ् ।

Recent Comments

No comments to show.