काठमाडौँ । धोबीखोलामा फोहोर फाल्न संलग्न कम्पनिलाइ काठमाडौँ महानगरपालिकाले २५ हजार जरिवाना गरेको छ ।
काठमाडौँ महानगरका मेयर बालेन शाहले धोबीखोलामा फोहोर फाल्ने कम्पनि प्राक्टिकल वेस्ट सोलुसन प्रालिलाई अनुसन्धानपछि २५ हजार जरिवाना गरिएको जानकारी दिएका छन् ।
बालेनले कुनै पनि अवाञ्छित कार्यहरु कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन जरुरी रहेको बताउदै यस्ता कार्यहरु सार्वजनिक गरेर महानगरसम्म पुर्याइदिएकोमा धन्यवाद समेत दिएका छन् ।
उनले आगामी दिनहरुमा यस्ता कार्य नदोहोर्याउन र गरेको देखेमा यसरी नै सार्वजनिक ध्यानाकर्षणमा ल्याइदिन अनुरोध गरेका छन् ।
सामाजिक सञ्जालमा फोहोर फालेको भिडियो सार्बजनिक भएपछि आलोचना भइरहेको थियो ।
प्रतिक्रिया