उच्च अंकले घट्यो नेप्से,कारोबार रकममा भारी गिरावट

उच्च अंकले घट्यो नेप्से,कारोबार रकममा भारी गिरावट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ७१.१ अंकले घटेर १९१५.६१ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२७ कम्पनीको २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँ बराबरको ६३ लाख १३ हजार ४४१ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ उपसमूहहरूमध्ये सबैको मूल्य घटेको छ। नेप्सेका अनुसार ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।

बैंकिङ ३७, विकास बैंक १५०, फाइनान्स ८७, होटल तथा पर्यटन ५६, जलविद्युत् ११९, जीवन बीमा ४५०, अंकले घटेको छ ।

उत्पादन १६६, माइक्रोफाइनान्स १८७, निर्जीवन बीमा ३६५, अन्य ७० र ब्यापार उपसमूह ११६ अंकले घटेको छ ।

किसान लघुवित्त, हिमालय पावर पार्टनर, माउन्टेन हाइड्रोको मूल्य ९ प्रतिशतले घटेको छ ।

उच्च अंकले घटेको शेयरबजारमा आज सर्वाधिक हिमालयन डिस्टिलरीको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन ११ करोड ४ लाख रुपैयाँ माथिको कारोबार भएको हो ।

त्यस्तै, एनआइसी एशिया बैंकको ८ करोड ७१ लाख, अपर तामाकोशीको ८ करोड ४१ लाख, एशियन लाइफको ८ करोड १७ लाख र नेपाल लाइफको ७ करोड ५१ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

लगानीकर्ता अन्योलमा देखिएका छन् । साना लगानीकर्ता बजारमा त्यति खुल्ल सकेका छैनन्।

बजार निरन्तर घट्न थालेपछि लगानी नै डुब्ने चिन्तामा उनीहरु रहेको देखिन्छ। सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि बढ्ने आशा गरेको शेयर बजार लगातार ओरालो लागेको लाग्दै आएको छ ।

लगानीकर्ताले बजारप्रति विश्वस्त हुने आधार नभेट्दा बजार ओरालो गतिमा नै देखिएको छ।

अहिले उनीहरू मौद्रिक नीतिको पर्खाइमा देखिन्छन्। मौद्रिक नीतिमार्फत पनि शेयर धितोमा झनै कडाइ गर्ने संकेत देखिएकाले विश्वस्त हुने आधार भने भेटिएको छैन् ।

Recent Comments

No comments to show.