काठमाडौं उपत्यकामा दुई बालबालिका सहित २७ जनामा हैजा पुष्टी, सतर्कता अपनाउन आग्रह

काठमाडौं उपत्यकामा दुई बालबालिका सहित २७ जनामा हैजा पुष्टी, सतर्कता अपनाउन आग्रह

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।   काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हैजाको संक्रमण देखिएको छ ।

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार बागबजार, डिल्लीबजार, बल्खु, कालोपुल, बोहोराटार, बूढानीलकण्ठ, घट्टेकुलो लगायत क्षेत्रका मानिसमा हैजाको संक्रमण पुष्टी भएको हो ।

योसँग हैजाको संक्रमण पुष्टी हुनेको संख्या २७ पुगेको छ । हैजा देखिएकामध्ये दुई जना ५ वर्षमूनिका बालबालिका रहेका छन्।

त्यस्तै, ५ देखि १४ वर्षसम्मका चार बालबालिकामा हैजा देखिएको छ। यसैगरी ६५ वर्षभन्दा माथिका एक जना ज्येष्ठ नागरिकमा पनि हैजा देखिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

उपत्यकाका धेरै ठाउँमा हैजा फैलिसकेको छ । तर, सरकारले हैजाबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ ।

हैजा देखिएकामध्ये तीन जनाको उपचार भइरहेको छ। अन्य बिरामी निको भएर घर फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पहिलो पटक काठमाडौंको बागबजार क्षेत्रमा असार २ गते दुई जनामा हैजा देखिएको थियो। त्यसपछि बिरामीको संख्या बढ्दै आएको छ।

काठमाडौं, ललितपुर महानगरले पानीपुरी, चटपटेलगायत सडकमा बेचिने खानेकुरामा प्रतिबन्ध लगाएको छ।

Recent Comments

No comments to show.