श्रीलंकामा राष्ट्रपति भवन प्रदर्शनकारीको कब्जामा, कोलम्बोमा विशाल प्रदर्शन

श्रीलंकामा राष्ट्रपति भवन प्रदर्शनकारीको कब्जामा, कोलम्बोमा विशाल प्रदर्शन

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।   श्रीलङ्कामा आर्थिक संकटबाट उत्पन्न परिस्थिती अब सरकारको काबु बाहिर जाने देखिएको छ । राजधानी कोलम्बोमा हजारौँ प्रदर्शनकारीले राष्ट्रपति गोटाबय राजपक्षको सरकारी निवास र त्यस आसपासका भवन कब्जा गरेका छन् ।

राष्ट्रपतिलाई भने सुरक्षित स्थानमा लगिएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सरकारले खराब आर्थिक सङ्कटलाई सही सम्बोधन गर्न नसकेको आक्रोस प्रदर्शनकारीमा देखिएको छ । प्रदर्शनकारीको भीडलाई सुरक्षाकर्मीले सम्हाल्न सकेका छैनन् ।

पछिल्लो सङ्कटका माझ प्रधानमन्त्री रनिल विक्रमासिङ्गले दलका नेताहरूको आपतकालीन बैठक बोलाएका छन्। यसअघि राजधानी कोलम्बोमा जम्मा भएको ठूलो भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

प्रदर्शनकारीहरूले राष्ट्रपतिको राजीनामा माग गरिरहेका छन्। श्रीलङ्काले अहिले खाद्यान्न, इन्धन र औषधिको चरम अभावको सामना गरिरहेको छ।

Recent Comments

No comments to show.