प्रहरी प्रवक्ताको जिम्मेवारी डीआइजी टेकप्रसाद राईलाई

प्रहरी प्रवक्ताको जिम्मेवारी डीआइजी टेकप्रसाद राईलाई

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईलाई दिइएको छ ।

उनी हालैमात्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डीआईजीमा पदोन्नति भएका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार उनले आजैदेखि प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका छन् ।

पदोन्नति हुनुअघि उनी बबरमहलस्थित प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुखका रूपमा कार्यरत थिए । यसअघिका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीलाई भने अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा पठाइएको छ ।

Recent Comments

No comments to show.