आन्तरिक हवाई भाडा बढ्यो, कुन गन्तव्यको कति पुग्यो ?

आन्तरिक हवाई भाडा बढ्यो, कुन गन्तव्यको कति पुग्यो ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वायु सेवा सञ्चालक सङ्घले हवाई भाडा बढाउने निर्णय गरेका छन्।

नेपाल वायु सेवा सञ्चालक सङ्घले बिहीबारदेखि लागू हुने गरी नयाँ भाडादर सार्वजनिक गरेको छ । हवाई भाडा न्यूनतम ४५ रुपैयाँदेखि २२० रुपैयाँसम्म वृद्धि भएको छ ।

माउन्टेन फ्लाइटको भाडादर १४ हजार ७२० रुपैयाँ कायम भएको सङ्घले जनाएको छ । सबैभन्दा लामो दूरीका रुपमा रहेको काठमाडौं-धनगढीको भाडा २२० रुपैयाँ बढेको छ । वृद्धि भएको भाडादर अनुसार काठमाडौं-धनगढी १७ हजार २५ रुपैयाँ कायम भएको छ ।

यसैगरी, काठमाडौं-भद्रपुरको हवाई भाडादर १५० रुपैयाँ बढेर १२ हजार ९५५ रुपैयाँ, काठमाडौं-विराटनगरको भाडादर १२५ रुपैयाँले बढेर १० हजार २०५ रुपैयाँ, काठमाडौं-जनकपुरको ६५ रुपैयाँ बढेर ५ हजार ८६० रुपैयाँ, काठमाडौं-भरतपुरको ५५ रुपैयाँले बढेर ४ हजार ९९० रुपैयाँ पुगेको छ।

यस्तै, काठमाडौं-सुर्खेतको १७० रुपैयाँ बढेर १४ हजार ९९५ रुपैयाँ, काठमाडौं-पोखराको भाडादर ८० रुपैयाँ बढेर ६ हजार ९८५ रुपैयाँ, काठमाडौं-भैरहवाको १०० रुपैयाँ बढेर ८ हजार ६७५ रुपैयाँ, काठमाडौं-नेपालगञ्जको १६५ रुपैयाँ बढेर १३ हजार ९८० रुपैयाँ, काठमाडौं-तुम्लिङटारको ९५ रुपैयाँ बढेर ८ हजार २०५ रुपैयाँ, काठमाडौं-सिमराको ४५ रुपैयाँ बढेर ४ हजार २४० रुपैयाँ पुगेको छ।

Recent Comments

No comments to show.