नेपाल प्रहरीका ६ एसएसपीको सरुवा,अपराध अनुसन्धान प्रमुखमा एसएसपी जनक भट्टराई

नेपाल प्रहरीका ६ एसएसपीको सरुवा,अपराध अनुसन्धान प्रमुखमा एसएसपी जनक भट्टराई

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीका ६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ। 

बुधबार गृह मन्त्रालयले ६ जना एसएसपीको सरुवा गरेको हो । जिल्ला प्रहरी परिसरको प्रमुखमा एसएसपी भरत बोहोरा आएका छन् । गृहले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी जनक भट्टराईलाई सरुवा गरेकाे छ। 

यसैगरी मानव बेचबिखन नियन्त्रण अनुसन्धान ब्यूरोमा अनुराग द्विवेदी, लागुऔषध नियन्त्रण ब्युरोमा विकास खनाल, अपराध अनुसन्धान विद्यालयमा विष्णु केसी र लागू औषध नियन्त्रण ब्युरोमा विकास राज खनाल सरुवा भएका छन् ।

त्यस्तै कुवेर कडायतको केन्द्रीय अनुसन्धान ब्युरोबाट विपद् व्यवस्थापन कार्यालय सामाखुसीमा सरुवा भएको छ । 

Recent Comments

No comments to show.