छानबिन समितिलाई सहयोग गर्ने घोषणा गर्दै जनार्दन शर्माले अर्थमन्त्रीबाट दिए राजीनामा

छानबिन समितिलाई सहयोग गर्ने घोषणा गर्दै जनार्दन शर्माले अर्थमन्त्रीबाट दिए राजीनामा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन्। 

बुधबार आफूमाथि लागेका आरोपका सम्बन्धमा प्रतिनिधिसभाको बैठकमा जवाफ दिँदै अर्थमन्त्री शर्माले राजीनामा घोषणा गरेका हुन्। उनले आफूले ल्याएको बजेटमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रयोग गरिएको भन्ने भ्रमपूर्ण सूचना फैलाएर राजनीतिक प्रतिशोध साँधिएको बताएका छन्। 

संसद्ले गठन गरेको छानबिन समितिलाई सहज होस् भनेर राजीनामा दिएको उनले बताएका छन्।

उनीमाथि छानबिन गर्न आजै ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले आजको प्रतिनिधिसभा बैठकमा  समिति गठनको प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव सर्वसम्मतले पारित भएको छ। 

संसदीय छानबिन विशेष समिति नाम दिइएको उक्त समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव छन्।

शर्मामाथि बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ। साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप छ।

शर्मामाथि विदेशबाट अवैध ढंगले आएको रकम खुला गरिदिन अनधिकृत निर्देशन दिएको र उक्त निर्देशन अस्वीकार गर्दा गभर्नर महाप्रसाद अधिकारीमाथि प्रतिशोधपूर्ण कारबाही गरेको आरोप पनि छ।

Recent Comments

No comments to show.