काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट वितरण गर्ने प्रस्ताव गरेको कुल ४ दशमलव ४२ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले सोमवार चौथो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न गरी प्रस्तावित लाभांशलाई वितरणयोग्य बनाएको हो ।
यस वर्ष कम्पनीले ४ दशमलव २ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि शून्य दशमलव २२ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । कम्पनीले हाल कायम चुक्तापूँजी रू. २ अर्बको आधारमा उक्त लाभांश वितरण गर्न लागेको हो ।
वार्षिक साधारण सभाले पारित गरेको बोनस शेयर जतिसक्दो चाडो धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई कारोबारयोग्य बनाउने जानकारी कम्पनीले दिएको छ । लाभांश प्रस्तावसँगै सभाले सर्वसाधारण तर्फबाट दुई जना सञ्चालकको निर्वाचन समेत गरेको छ । सभाले सर्वसाधारण शेयरधनीहरूको तर्फबाट केशबराज केसी र शिवहरी घिमिरेलाई निर्विरोध निर्वाचित गरेको हो ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि असार ८ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असार ७ गतेसम्म कायम शेयरधनीहरू मात्र कम्पनीको यस वर्षको लाभांश प्राप्त गर्नेछन् ।
४ दशमलव २ प्रतिशत बोनसपश्चात् कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ८ करोड ४० लाख पुग्नेछ । बीमा समितिको निर्देशन बमोजिम
सभाले सर्वसाधारण शेयरधनीहरूको तर्फबाट केशबराज केसी र शिवहरी घिमिरेलाई निर्विरोध निर्वाचित गरेको हो ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि असार ८ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असार ७ गतेसम्म कायम शेयरधनीहरू मात्र कम्पनीको यस वर्षको लाभांश प्राप्त गर्नेछन् ।
४ दशमलव २ प्रतिशत बोनसपश्चात् कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ८ करोड ४० लाख पुग्नेछ । बीमा समितिको निर्देशन बमोजिम
कम्पनीलाई रू. ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्नेछ । थप पूँजीका लागि अन्य कुनै जीवन बीमा कम्पनीसँग मर्जर तथा प्राप्तीमा जाने योजना कम्पनीले बनाएको छ । सोमवार सम्पन्न सभाले भविश्यमा मर्जर तथा प्राप्ती प्रकृयामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
प्रतिक्रिया