कुमाख कलेज तुलसीपुरमा रैथाने खाना प्रदर्शनी

कुमाख कलेज तुलसीपुरमा रैथाने खाना प्रदर्शनी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  कुमाख कलेज तुलसीपुरमा रैथाने खाना प्रदर्शनी गरेको छ ।  २०७४ साल देखि पर्यटन तथा हस्पिटालिटी म्यानेजमेन्ट बिषयमा अध्यन अध्यापन गराउँदै आएको कुमाख कलेज अब म्यानेजमेन्ट एन्ड टेक्निकल साइन्स प्रा। दाङले रैथाने खाना  प्रदर्शनी गरेको हो ।  

रैथाने खाना  प्रबर्द्धन गर्ने उदेश्यको साथ कर्णाली र लुम्बिनी प्रदेशमा प्रचलित नेपाली खाना एक कार्यक्रमकाबीच प्रदशएन गरेको हो ।  

कार्यक्रममा स्थानिय जनप्रतिनिधी तुलसीपुर उपमहानगरपालिकाकी  उपमेयर स्यानी चौधरी, वडा नम्बर ६ का वडा अध्यक्ष दुजमान भण्डारी खाद्य  प्रविधी तथा गुण नियन्त्रण कार्यलयका प्रमुख ऊज्वल रायमाझी, रिजन कार्की, राजेश कुमार चौधरीको उपस्थिती थियो।

निजी ऊधोग व्यवशायको प्रतिनिधी संघ सस्था अन्तर्गत उद्योग बाणिज्य संघ तुल्सिपुरका अध्यक्ष राम प्रसाद चालिसे, च्याम्बर अफ कमर्शका अध्यक्ष टोप बहादुर घर्ती, सदस्य सन्तोष कुमार खड्का , तुल्सीपुर होटेल ब्यवसायी समितिका अध्यक्ष टेकराम खड्का, सचिब ईन्द्र बहादुर बस्नेत, सह सचिव दिल वहादुर भण्डारीको साथ पूर्व  अध्यक्ष बिष्णु पुन , सचिव नेत्र वहादुर वली र विभिन्न संघ सस्थाका पधादिकारी सहित ४० जना भन्दा बढि अतिथिहरु बोलाएर कर्मचारीका लागि थप तालिममा सहभागिले पाक कलालाई विभिन्न प्रस्तुतीका साथ देखाइएको थियो । 

नेपाली खाना पनि बिदेशी भन्दा तागतिलो र स्वस्थकर भएकोले हामीले यसलाई   प्रचार गर्न  कार्यक्रम गरिएको  कलेजका संचालक तुफान केसीले बताए । 

कलेजका प्रशिक्षक सेफ बिजय घिमिरेले नेपाली रैथाने खाना किन खाने र यसको वारेमा विस्तृत जानकारी गराइ विदेशी भन्दा नेपली खानालाइ बढि महत्व दिनु पर्ने कुराको वारेमा सेफ भुपुन्द्र डागीले  बताए । 

कार्यक्रममा तयार गरियका खानाको परिकारहरूमा असारे आलु, कलिको अचार, अम्चुर चिकेन, सातु र मोहि, बिरौलाको झोल, जुनेलो, सिरम्ला, मकैको ढिडो संग गुन्द्रुक र टिमुर को छोप,र्याल्ली रोटि र पोलेको अचार, खुर्मा, माटे र राप, गल्का आदि  लगायत रहेको थियो ।

Recent Comments

No comments to show.