काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले नयाँ वर्ष २०७९ को अवसरमा लगानीकर्ताहरुमाझ बैशाख १ गतेदेखि असार १७ गतेसम्म ७९ दिनको लागि नयाँ योजना ल्याएको थियो । यो योजना गत शुक्रबार असार १७ गते समाप्त भएको छ ।
क्यापिटलले ग्राहकहरुले देखाएको उत्साहजनक सहभागीतालाई मध्यनजर गर्दै यो योजनाको समय थप गर्ने भएको छ । दुई हजार रुपैयाँमा आजीवन डिम्याट र मेरो शेयर नविकरण गर्ने योजनाको म्याद २०७९ साल असार ३२ गते सम्मलाई थप गरेको छ ।
नयाँ तथा पुराना ग्राहकहरु दुबैलाई लागु हुने यस योजनामा सहभागी भई डिम्याट र मेरोशेयर नविकरणको झन्झटबाट आजीवन मुm हुने एनआईबिएल एस क्यापिटल लिमिटेडको जनाएकाे छ ।
प्रतिक्रिया