लोककल्याणकारी विज्ञापन वितरण गर्दै मधेस प्रदेश

लोककल्याणकारी विज्ञापन वितरण गर्दै मधेस प्रदेश

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर । मधेस प्रदेश सरकारले सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन वितरण गर्ने भएको छ ।

मधेस प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले ‘मधेस प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि-२०७९ ’र ‘मधेस प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि-२०७९’ स्वीकृत गरेसँगै विज्ञापन वितरणको बाटो खुला भएको हो ।

गृह तथा सञ्चार मन्त्रालयअन्तर्गतको आमसञ्चार प्राधिकरण मधेस प्रदेशले प्रदेशका आठवटै जिल्लाबाट पत्रपत्रिका, टेलिभिजन, रेडियो/एफएम र अनलाइन सञ्चारमाध्यमलाई मधेस प्रदेश सरकारको लोकहितका विज्ञापन एवम् सूचना लोककल्याणकारी विज्ञापनको रूपमा विरतण गर्न लागेको छ ।

यसका लागि सञ्चारमाध्यमलाई सूचीकृत गराउन आवेदन आह्वान गरेको र आवेदन आएलगत्तै तीन/चार दिनभित्रै सञ्चारमाध्यमलाई लोकल्याणकारी विज्ञापन उपलब्ध गराइने आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिए ।

केही महिनाअघिदेखि नै लोककल्याणकारी विज्ञापन वितरणको तयारी गरिए पनि मन्त्रिपरिषदबाट कार्यविधि स्वीकृत हुन ढिलाइ भएको र कर्मचारी आभावलगायतका कारणले केही समय ढिलाइ भएको उनले बताए ।

लोकल्याणकारी विज्ञापनको सबै तयारी भइसकेको र केही दिनभित्रै सबै सञ्चारमाध्यमलाई त्यो उपलब्ध गराइने उनको भनाइ छ ।

त्यस्ता विज्ञापन एवम् सूचना सञ्चारमाध्यमले प्रकाशन/प्रसारण गरेवापत आमसञ्चार प्राधिकरणबाट कार्यविधिमा तोकिएबमोजिम भुक्तानी उपलब्ध गराइने अध्यक्ष यादवले जानकारी दिए ।

यस्तै पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि स्वीकृत भएपछि प्रदेशका जिल्लालाई कार्यक्षेत्र बनाएर निरन्तर पत्रकारिता गर्दै आएका पत्रकारहरू बीमा कार्यक्रमबाट लाभ लिने बाटो खुलेको छ ।

बीमामा सहभागी पत्रकारले वर्षमा एकपटक १ लाखसम्मको औषधिउपचार खर्च पाउने र ७ लाखसम्मको दुर्घटना बीमा प्राप्त गर्ने कार्यविधिमा व्यवस्था गरिएको छ । 

Recent Comments

No comments to show.