नेपाल प्रहरीमा ४ सय ४३ असईको लागि भर्ना खुला

नेपाल प्रहरीमा ४ सय ४३ असईको लागि भर्ना खुला

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ४४३ जना प्रहरी सहायक निरीक्षक (असई) का लागि भर्ना खुलाएको छ ।

आइतबार सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले यस अघि माग गरिएका संख्यामा ७६ जना थप गरी जम्मा ४ सय ४३ जना प्रहरी सहायक निरिक्षका लागि भर्ना खुलाएको हो । साथै, २ हजार ४७४ जना प्रहरी जवानको समेत भर्ना खुलाएको छ ।

गत २०७८ असोज २२ गते सूचना प्रकाशन गरी ३ सय ६७ जना प्रहरी सहायक निरीक्षक माग गरेको भएपनि त्यसमा ७६ जना थप गरी ४ सय ४३ जना माग गरेको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

यसैगरी, गत २०७८ मंङ्सिर १० गते विज्ञापन प्रकाशन गरी १ हजार ९ सय ७१ जना प्रहरी जवान माग गरेको भएपनि आइतबार भने नेपाल प्रहरीले त्यसमा ५ सय ३ जना थप गरी २ हजार ४ सय ७४ जना प्रहरी जवान भर्नाका लागि माग गरेको हो ।

Recent Comments

No comments to show.