बालिकाको शवसहित घाटबाट तीन जना पक्राउ

बालिकाको शवसहित घाटबाट तीन जना पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज ।   पर्सामा बालिकाको शवसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। बहुदरमाई नगरपालिका–७ ढोङ्गी खोलाको मसान घाटमा एक बालिकाको शव जलाउँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा स्थानीय १८ वर्षीया किशोरी, ४० वर्षिया आशा देवी र ५० वर्षीया उर्मिला देवी रहेका छन्। बुधबार बहुदरमाई–७ की १४ वर्षीया बालिकाको विष सेवनका कारण  मृत्यु भएको थियो। उक्त घटनाबारे प्रहरीलाई जानकारी नदिई गोप्य रुपमा अन्त्येष्टि गर्न लागेको अवस्थामा प्रहरीले तीनैजनालाई मसान घाटबाट शवसहित पक्राउ गरेको हो। 

मोटरसाइकलमा लगेर शव जलाउन लागेका तीनैजना विरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय पोखरियाको टोली मसान घाटमा पुग्दा  शव बेवारिसे छोडेर तीनैजना फरार भएका थिए। प्रहरीले जल्दै गरेको शव बरामद जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। 

Recent Comments

No comments to show.