अस्पतालबाट डिस्चार्ज भए कांग्रेस नेता केसी

अस्पतालबाट डिस्चार्ज भए कांग्रेस नेता केसी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी अस्पतालबाट डिस्चार्ज भएका छन् । 

असार १३ गते काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना भएका उनी बिहीबार साँझ घर फर्केका हुन् । केसीको मुटुमा पेसमेकर (मुटुको गति नियन्त्रण गर्न सघाउने यन्त्र) राखिएको छ । 

उनका भाइसमेत रहेका कांग्रेस नेता जगदीश्वरनरसिंह केसीले अर्जुननरसिंहको स्वास्थ्यमा सुधार भइरहेको र घर फर्किएको जानकारी दिए । उनकाअनुसार अर्जुननरसिंह केसीले एक साता घरमा आराम गर्नेछन्। 

मुटुको चालमा समस्या देखिएपछि असार १३ मा केसीलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो। 

Recent Comments

No comments to show.