क्युआर कोडसहितको ‘परीक्षणकालीन लाइसेन्स’ छपाइ र वितरण बन्द

क्युआर कोडसहितको ‘परीक्षणकालीन लाइसेन्स’ छपाइ र वितरण बन्द

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौं उपत्यकामा रहेका यातायात कार्यालयहरुले परीक्षणकालिन लाइसेन्स (अस्थायी) छपाइ र वितरण बन्द गरेका छन् ।

बजेटको अभाव देखाउँदै यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङ एकान्तकुना, चाबहिल तथा भक्तपुर कार्यालयले परीक्षण लाइसेन्स छाप्न बन्द गरेका हुन् ।

केन्द्र र प्रदेश सरकारको समन्वय हुन नसक्दा अस्थायी कार्ड वितरणमा समस्या निम्तिएको यातायात व्यवस्था कार्यालयहरूले बताएका छन्।

परीक्षणकालीन लाइसेन्स प्रिन्ट र वितरण रोकिएकाले पुनः सवारी चालकहरूले परीक्षा पास गरी रसिदकै भरमा सवारी चलाउनुपर्ने छ ।

स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाइका कारण लाइसेन्स लिन सेवाग्राही वर्ष दिन कुर्नुपर्ने बाध्यताको विकल्पमा विभागले अस्थायी रूपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन सुरू गरेको थियो।

यस्तो लाइसेन्स ट्रायल पास भएर राजस्व बुझाएकै दिन एक वर्षको म्याद राखेर वितरण भइरहेको थियो।

यस्तो कार्ड एक वर्षभित्र पाँच पटकसम्म ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परे खारेज हुने व्यवस्था छ। पाँच पटकसम्म कारबाहीमा नपरे मात्रै चालकले एक वर्षपछि स्मार्ट लाइसेन्स पाउने छन्।

Recent Comments

No comments to show.