निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विकल्प खुला,यस्तो छ सर्वोच्चको पूर्णपाठ

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विकल्प खुला,यस्तो छ सर्वोच्चको पूर्णपाठ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतले बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बाटो खुला गरेको छ।

सर्वोच्चले बुधबार जारी गरेको लिखित आदेशमा ‘यसअघि अन्तिम लिखित फैसलामा पूर्ण इजलासका पाँच जना न्यायाधीशबीच राय बाझिए पनि बहुमत राय दिने तीन जना न्यायाधीशले पनि निजगढमा विमानस्थल बनाउने कुरालाई रोक नलगाएको’ उल्लेख छ। उनीहरूले निजगढ विमानस्थलको प्राविधिक, वातावरणीय र आर्थिक हिसाबले उपयुक्त हुने गरी खोज्न भने पनि निजगढमै विमानस्थल बनाउन रोक भने नलगाएको बहुमतले राय दिएका हुन्।

बहुमतको राय दिने न्यायाधीशमा विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र प्रकाशमान सिंह राउत हुन्। निजगढको विकल्प निजगढ नै हुने भनेर अल्पमतमा राय दिनेमा भने हरिकृष्ण कार्की र मनोजकुमार शर्मा छन्।

Recent Comments

No comments to show.