सशस्त्रका ३७ जना डिएसपीलाई एसपीमा बढुवा गर्ने निर्णय

सशस्त्रका ३७ जना डिएसपीलाई एसपीमा बढुवा गर्ने निर्णय

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सशस्त्र प्रहरी बलका ३७ जना डिएसपीलाई सशस्त्र प्रहरी उपरिक्षक (एसपी) मा बढुवा गर्ने निर्णय गरिएको छ । 

गृह–सचिव टेकनारायण पाण्डेले बढुवा समितिको सिफारिस अनुसार बढुवा, नियुक्ति गर्ने निर्णय गरेका हुन् । 

एसपी पदमा बढुवा हुनेहरुमा टोपबहादुर डाँगी, हस्त बहादुर गुरुङ, तुल बहादुर भण्डारी, सुमन थपलिया, जिवन केसी, धिरेन्द्र राज न्यौपाने, देव राज अर्याल, दिनेश मल्ल र उद्धव बहादुर रावल सहित ३७ जना रहेका छन् ।

Recent Comments

No comments to show.