काठमाडौं । १५ असार २०७२ काण्ड एक- झट्ट हेर्दा विदेशी पर्यटककै शैली, छत्रे टोपी, हाफ प्यायण्ट र टिशर्ट लगाएर असार १५ मनाउन तत्कालिन कृषि मन्त्री हरिप्रसाद पराजुली मुलपानी पुगेका थिए ।
मुलपानीमा रोपाई जात्रा थियो । सरकारको तर्फबाट आयोजना हुने औपचारिक कार्यक्रमका लागि उनी पनि त्यहा पुगेका थिए । त्यसअघि गुमनाम यो नाम त्यसबेला चर्चामा आयो, जब १५ असारको धान दिवस मनाइयो । रोपाई जात्रामा सहभागी महिलासँग अस्लिल हर्कत गर्न थालेपछि त्यसको तस्वीर र भिडियो भाइरल बन्यो । कृषकसँगै मन्त्री हिलोमा खेल्नु जति सकारात्मक पक्ष थियो, त्यति नै आलोचनाको विषय उनले त्यहा देखाएको हर्कत बन्यो । हिलो खेल्दा खेल्दै महिलामाथि निकै नजिकिन थालेपछि महिलाहरुले आपत्ति जनाएका थिए । यस काण्डले उनको मन्त्री पद त गुम्यो नै फेरी उनी राजनीतिको मुलधारमा फर्कन सकेका छैनन् ।
१३ असार २०७३ काण्ड दुई- ठिक ६ वर्ष अघि हर्कतकै कारण धान दिवस चर्चित बनेको थयो, त्यस्को अर्को वर्ष अर्का कृषि मन्त्री हरिबोल गजुरेलले जगत हसाउने काम गरे । हरिप्रसाद पराजुली हिलोमा पुग्दा महिलामाथि अस्लिल हर्कत गरेको देखेका मन्त्री गजुरेलले उक्त वर्ष हिलो नै नछुने प्रण गरे र गमलामा धान रोपिदिए । कृषिप्रधान मुलुक नेपालका कृषि मन्त्रीले धान दिवसकै अवसर पारी गरेको यो हर्कत पुनः अर्को काण्डका रुपमा स्थापित भयो ।
जसले यस दिवसलाई स्थापित गराउन निकै भूमिका खेलेको छ । गमलामा करुवाले पानी हाल्दै माटो हिल्याएर धान रोपेको यो दृष्यले नेपालको कृषि प्रणालीलाई नराम्रोसँग गिज्याइरहेको थियो ।
प्रतिक्रिया