बामदेव गाैतमले घाेषणा गरे नेकपा एकता राष्ट्रिय अभियान पार्टी,७५ सदस्यीय केन्द्रीय कमिटी

बामदेव गाैतमले घाेषणा गरे नेकपा एकता राष्ट्रिय अभियान पार्टी,७५ सदस्यीय केन्द्रीय कमिटी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेकपा एमाले छाडेका बामदेव गौतमले नयाँ राजनीतिक दल खोलका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गौतमले आफ्नो नेतृत्वमा नयाँ राजनीतिक दल घोषणा गरेका हुन्। 

साविक नेकपामा अन्तर द्वन्द्व चर्किएपछि नेकपा राष्ट्रिय एकता अभियान सुरू गरिएको र पछि सर्वाेच्च अदालतबाट एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि अगाडि बढेको अभियानलाई अहिले दलको रूपमा आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पार्टीको संयोजकमा वामदेव तथा सचिवमा डिबी कार्की छन् । पार्टीको आठ सदस्यीय सचिवालय पनि घोषणा गरिएको छ ।

यस्तो छ सचिवालय–

संयोजक – वामदेव गौतम

सचिव– डिबी काकी

सदस्य – ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल ।

Recent Comments

No comments to show.