ब्रोकरलाई टीएमएस राख्ने बाटो खुल्यो, के-के छन् मापदण्ड ?

ब्रोकरलाई टीएमएस राख्ने बाटो खुल्यो, के-के छन् मापदण्ड ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले ब्रोकरलाई आफ्नै टीएमएस स्थापनाको बाटो खुलाइदिएको छ।

नेप्सेले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली सञ्चालन कार्यविधि २०७९ सार्वजनिक गर्दै नेप्सेले यस्तो व्यवस्था लागू गरेको हो।

कार्यविधि अनुसार ब्रोकर कम्पनीले नयाँटीएमएस राख्न सबैभन्दा पहिले निवेदन दिनुपर्ने छ। निवेदन अनुसार नेप्सेलाई उपयुक्त लागे नयाँ टिएमएस राख्ने अनुमति दिनेछ।

नयाँ टीएमएस राख्ने ब्रोकर कम्पनीले उक्त टीएमएस सँगै दुई प्राविधिक कर्मचारी समेत राख्नु पर्नेछ। नेप्सेको प्रणालीसँग जोडे बापत ब्रोकर कम्पनीले मासिक शुल्कबुझाउनु पर्नेछ।

जुन रकम अर्ध वार्षिक रुपमा एकमुष्ट बुझाउनु पर्ने कार्यविधिमा उल्लेख गरिएको छ। आफ्नै टीएमएस चलाउन पाउने र सेवा शूल्क बापत बढिमा १०० रुपैयाँ लिन सक्नेछ ।

संसोधित विनियमावलीको विनियम २१ (च) को उपविनियम ७ मा कारोबार सदस्यले कारोबार व्यवस्थापन प्रणाली मार्फत ग्राहकलाई अनलाईन सेवा प्रदान गरेवापत प्रत्यक ग्राहकबाट बार्षिक बढिमा एकसय रुपैयाँ सेवा शुल्क लिन सक्ने व्यवस्था छ ।

नेप्सेसँग आबद्ध कारोबार व्यवस्थापन प्रणाली तीस दिनसम्म परीक्षणको रुपमा सञ्चालन गर्नु पर्नेछ ।

त्यसरी परीक्षणको रुपमा सञ्चालन गर्दा कारोबार व्यवस्थापन प्रणालीमा कुनै समस्या नदेखिएमा सो व्यहोरा सम्बन्धित क्षेत्रमा कार्य अनुभव भएको सूचना प्रविधि प्रणाली सम्परीक्षण गर्ने सेवाप्रदायक संस्था वा विशेषज्ञ मार्फत सम्परीक्षण तथा प्रमाणित गराई सञ्चालनमा ल्याउनु पर्नेछ ।

नेप्सेले स्वीकृतिका लागि पेस गरेको संशोधित विनियमावली वैशाख ८ मा बसेको सेबोनको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो। विनियमावली सेबोनबाट स्वीकृत भएर आएपछि कार्यविधि पनि बनाउनुपर्ने भएकाले नेप्सेले विनियमावली सार्वजनिक गर्न केही ढिलाइ गरेको हो।

यस्तो छ कार्यविधि सहित


Recent Comments

No comments to show.