‘विश्वराज पोखरेल आईजीपीका उपयुक्त पात्र होइनन्,प्रतिस्पर्धी मात्र थिए’- महान्यायाधिवक्ता खाती

‘विश्वराज पोखरेल आईजीपीका उपयुक्त पात्र होइनन्,प्रतिस्पर्धी मात्र थिए’- महान्यायाधिवक्ता खाती

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महान्यायाधिवक्ता खम्म खातीले नेपाल प्रहरीको महानिरीक्षक पदका लागि धीरजप्रताप सिंह नै उपयुक्त पात्र भएको बताएका छन्। 

गठबन्धन सरकारले गरेको प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले हालेको रिटमाथि प्रतिवादीका तर्फबाट सोमबार सर्वोच्च अदालतमा बहसमा सहभागी हुँदै खातीले यस्तो बताएका हुन्। 

‘आईजीपीका लागि उपयुक्त धीरजप्रताप सिंह नै हुन्’, उनले भने, ‘विश्वराज पोखरेल पनि प्रतिस्पर्धी त हुन् तर प्रहरीको नेतृत्व दिने उपयुक्त होइनन्।’

उनले आईजीपीका लागि उपयुक्त हुन सरकारले काम कर्तव्य तोकेको पनि स्मरण गराए।  

‘उपयुक्त हुनका लागि काम कर्तव्य तोकिएको छ। त्यस आधारमा सरकारले निर्णय गरेको हो’, उनले भने, ‘सबै विषय यहाँ छरपस्ट नपारौँ।’

खातीले डीआईजी र एआईजीबाट आईजीपी बनाउँदा फरक फरक व्यवस्था रहेको पनि बताएका छन्। 

‘आईजीपी बनाउने कुरा सरकारको विशेषाधिकार हो’, उनले भने, ‘विश्वराजलाई सरकारले उपयुक्त देखेन। उपयुक्त नदेखेको व्यक्तिलाई जेष्ठताकै आधारमा आईजीपी बनाउनु पर्छ भन्ने छैन।’

उनले यसअघि ७ जना न्यायाधीशको इजलासले पनि सरकारको विशेषाधिकारबारे व्याख्या गरिसकेको जानकारी दिएका छन्।

Recent Comments

No comments to show.