आईजी नियुक्त विरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा, अर्को सुनुवाइ असार १९ गते

आईजी नियुक्त विरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा, अर्को सुनुवाइ असार १९ गते

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजी) नियुक्त गर्ने निर्णयविरुद्ध दायर भएको रिट फेरि हेर्दाहेर्दैमा परेको छ। सोमबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो। 

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको सोमबारको इजलासमा मुद्दाको सुनुवाइ भएकोमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो। रिटमाथि अब असार १९ गते अर्को सुनुवाइ हुनेछ। 

सरकारले ज्येष्ठता तथा बरीयता मिचेर आईजी बढुवा गरेको भन्दै एआईजी विश्व पोखरेलले वैशाख १९ गते सर्वोच्चमा रिट दायर गरेका थिए। 

उक्त रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश शुष्मालता माथेमाको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो। इजलसाले मिति नै तोकेर सुनुवाइका लागि विपक्षीलाई बोलाएको थियो। 

उक्त मुद्दामा जेठ १७ गते पेसी भएपनि उक्त दिन म्याद तामेली हुन नसकेपछि सरेको थियो। लगत्तै जेठ ३० गते प्रधानन्यायाधीशसहितको पुर्ण इजलासमा पेसी परेको थियो। उक्त इजलासले निरन्तर अन्तिम सुनुवाइ गरिरहेको छ। सोमबार तेस्रोपटक पेसी तोकिएमा पुनस् हेर्दाहेर्दैमा परेको हो।

Recent Comments

No comments to show.