नेपाल, भारत र साउथ अफ्रिकामा एकै पटक सार्वजनिक हुँदै नयाँ स्कर्पियो

नेपाल, भारत र साउथ अफ्रिकामा एकै पटक सार्वजनिक हुँदै नयाँ स्कर्पियो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महिन्द्राले लामो समयदेखि तयारी गरिरहेको बहुप्रतिक्षित स्कर्पियो आज नेपाल, भारत र साउथ अफ्रिकामा एकैपटक सार्वजनिक हुँदैछ । स्कर्पियो एन नामबाट आउने यो मोडल अहिले सर्वाधिक चर्चामा रहेको छ ।

विशेषत बल्की डिजाइनमा एसयूभी चाहने ग्राहकलाई लक्षित गर्दै बजारमा आउन लागेको स्कर्पियो पहिलो पटक पेट्रोल इन्जिनमा पनि उपलब्ध हुन लागेको छ । कम्पनीले नयाँ स्कर्पियो एन २.० लिटर पेट्रोल र २.२ लिटर डिजेल इन्जिनमा ल्याउने छ । दुबै इन्जिन टर्बो भएको कारण उत्कृष्ट पावर पाउन सकिने छ ।

आज सार्वजनिक भएपनि नेपालमा तत्काल यसको विक्री सुरु हुने सम्भावना छैन । अहिले नेपाल सरकारले कुनै पनि पेट्रोलियम पदार्थबाट चल्ने गाडी आयातमा रोक लगाएको छ । त्यसैले आयात नखुलेसम्म यसको आधिकारीक विक्री सुरु हुने छैन । यसको मूल्यको विषयमा अहिल्यै कुनै जानकारी प्राप्त भएको छैन ।

Recent Comments

No comments to show.