अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको आईपीओ असार २० गतेदेखि खुल्दै

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको आईपीओ असार २० गतेदेखि खुल्दै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।

कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गर्ने लागेको हो ।

जसमा ९७ हजार ८७५ कित्ता सामुहिक लगानी कोष र ३९ हजार १५० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी रहेको १८ लाख २० हजार ४७५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

आइपीओमा असार २३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा साउन २ गतेसम्म आवेदन दिन सकिने छ । आइपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ ।

आइपीओमा सि-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

Recent Comments

No comments to show.