आन्तरिक उडान बन्द गर्ने निर्णय फिर्ता, आजैदेखि नियमित सञ्चालन हुने

आन्तरिक उडान बन्द गर्ने निर्णय फिर्ता, आजैदेखि नियमित सञ्चालन हुने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वायुसेवा सञ्चालक संघले आजदेखि सबै आन्तरिक उडान बन्द गर्ने निर्णय फिर्ता गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकबीच गएराति भएको सहमतिपछि वायुसेवा सञ्चालकहरूले सबै आन्तरिक उडान आज बिहान ११ बजेपछि सञ्चालन गर्ने जनाएको छ। 

बुद्ध एयर र यती एयरलाइन्सले ट्विट गर्दै बुधबार बिहान ११ बजेदेखि उडानहरू सुचारु हुने जानकारी दिएको छ ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणले हवाई सेवा अत्यावश्यक भएको भन्दै उडान बन्द गरे सञ्चालकहरूलाई पक्राउ पुर्जी जारी गर्दै वायुसेवा सञ्चालन अनुमति (एओसी) नै खारेज गर्ने बताए । उनले भने, ‘जहाजको बेस व्यवस्थापन निर्देशनको पालना गर्नु वायुसेवा सञ्चालकको कर्तव्य हो, अटेर गरे कानुनबमोजिम प्रस्तुत हुन्छौँ ।’ 

मङ्गलबार प्राधिकरणले जारी गरेको जहाजको बेस व्यवस्थापन निर्देशनविरुद्ध वायुसेवा सञ्चालकहरूले आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आइतबार बसेको  प्राधिकरणको बैठकले वायुसेवाको जहाँबाट पहिलो उडानको बेस छ त्यहीबाटै पहिलो उडान भर्नुपर्ने तथा नाइट स्पटका लागि त्यही बास बस्नुपर्ने निर्णय गरेको थियो ।

Recent Comments

No comments to show.